Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

अमेरिकाले शत्रुतापूर्ण नीति लिएको उत्तर कोरियाको आरोप

अमेरिकाले शत्रुतापूर्ण नीति लिएको उत्तर कोरियाको आरोप

  • 802
    SHARES
  • अमेरिकाले शत्रुतापूर्ण नीति लिएको उत्तर कोरियाको आरोप

    प्योङयाङ । उत्तर कोरियाले अमेरिकी राष्ट्रपति जो बाइडेनले ठूलो गल्ति गरेका कारण अमेरिकाले ‘गम्भीर अवस्था’ सामना गर्नुपर्ने चेतावनी दिएको छ । अमेरिकाले उत्तर कोरियासँगको परमाणु कार्यक्रमबारे आफ्नो रणनीति सार्वजनिक गर्ने वेलामा उत्तर कोरियाले यस्तो चेतावनी दिएको हो । 

    उत्तर कोरियाको विदेश मन्त्रालयको तर्फबाट जारी एक विज्ञप्तिमा बाइडेनले आउँदो समयमा ‘शत्रुतापूर्ण नीति’ अपनाउने भएकाले उत्तर कोरियालाई सुरक्षाको ठूलो खतरा देखिएको उल्लेख गरेको छ । यस साताको सुरुमा राष्ट्रपति बाइडेनले उत्तर कोरियाको आणविक कार्यक्रमलाई विश्वव्यापी सुरक्षाका लागि ‘गम्भीर खतरा’ भएको बताएका थिए ।

    व्हाइट हाउसकी प्रवक्ता जेन साकीले शुक्रबार अमेरिकी नीति समीक्षा बैठकमा अमेरिकाले उत्तर कोरियाको आणविक योजना रोक्न असफल भएपछि राष्ट्रपति बाइडेनले ट्रम्प प्रशासनबाट सिकेको बताइन् । ‘हाम्रो नीति अब तोलमोल सम्झौतामा केन्द्रित हुनेछ, रणनीतिक धैर्यमा होइन । अमेरिकाले अब व्यवहारिक दृष्टिकोण अपनाउनेछ र उत्तर कोरियासँग कूटनीतिक सम्बन्धको सम्भावनाहरूको अन्वेषण गर्नेछ’ साकीले भनेकी छन् । 

    आइतबार उत्तर कोरियाको सरकारी मिडियाले परराष्ट्र मन्त्रालयको एक विज्ञप्तिमार्फत बाइडेनको बयानलाई 'असह्य र ठूलो गल्ती' भनेको थियो । अमेरिकी विदेश विभागका क्वान जोङ गुनले बाइडेनको भनाइले अमेरिकाले ५० वर्ष अगाडि देखिकै उत्तर कोरियाप्रति पूर्ण विरोधी दृष्टिकोण अपनाउन लागेको स्पष्ट हुने बताएका छन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij