Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

बर्षासँगै नाइरोबी फ्लाइ किराको संक्रमण देखिँदै

बर्षासँगै नाइरोबी फ्लाइ किराको संक्रमण देखिँदै

  • 462
    SHARES
  • बर्षासँगै नाइरोबी फ्लाइ किराको संक्रमण देखिँदै

    काठमाडौं । बर्खायामसँगै नाइरोबी फ्लाइ किरोको संक्रमण देखिएको छ । नाइरोबी फ्लाइ जातको किरा देखिए पनि डराउनुपर्ने अवस्था नरहेको चिकित्सकले बताएका छन् ।

    प्रायःजसो वर्षायाममा देखिने उक्त किरा अहिले पनि देखिन थालेको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ । अहिले नेपालको पूर्वी भेग तथा पश्चिमको कञ्चनपुरमा उक्त जातको किरा देखिएको महाशाखाको किटजन्य शाखा प्रमुख डा.गोकर्ण दाहालले जानकारी दिए ।

    काठमाडौंको सिभिल अस्पतालमा उक्त किराका कारण संक्रमित भएका दुई जनाको उपचार गरिएको छ । उनका अनुसार गत वर्ष पनि उक्त किराको संक्रमण कारण तीन/चार बिरामी भेटिएका थिए ।

    ‘अहिले पनि नाइरोबी फ्लाई किरा देखिन थालेको छ । किरा बाहिरी मुलुकबाट नआइ यही उत्पादन हुने गर्दछ’, दाहालले भने, ‘किराले लामखुट्टे जस्तो संक्रमण एउटा व्यक्तिबाट अर्को व्यक्तिमा सार्दैन । जनस्वास्थ्यमा ठूलोरूपमा यो किराले संक्रमण ल्याउँदैन ।’

    मानिसको शरीरमा आएर बस्ने र मानिसले किरालाई हातले फाल्दा किरामा थिचिन गई रस निस्कन्छ । उक्त रसमा रहेको पेडेरिन तत्व एसिडले छालामा संक्रमण गराउँदछ । उनले किरालाई शरीरबाट सजिलै फाल्नसक्ने हो भने संक्रमण नहुने बताए ।

    ‘किरालाई सजिलैसँग शरीरबाट फाल्न सक्यो भने संक्रमण हुँदैन’, दाहालले भने, ‘किरा नरम भएकाले शरीरबाट फाल्दा थिचिने गर्दछ र यसरी थिचिँदा किराबाट एसिड निस्कन्छ । जुन एसिड शरीरलाई हानि गर्दछ ।’

    एसिड छालामा लागेपछि २४ घण्टा भित्रमा छाला रातो हुने, बिबिरा आउने, जनैखटिरा आउने, चिलाउने जस्ता लक्षण देखिने  महाशाखाको किटजन्य शाखा प्रमुख डा.दाहालले जानकारी दिए ।

    ‘लक्षण देखिएपछि धेरै मानिस आफैं सञ्चो भएर जान्छन्’, उनले भने, ‘सञ्चो नभएका नजिकैको स्वास्थ्य संस्थामा उपचारका लागि जानु पर्दछ ।’ प्रायःजसो सडेगलेका खानेकुरा, मरेको जनावर र फोहरमैला भएको ठाउँमा उक्त किरा देखिने र प्रजनन गराउने गर्दछ ।

    किराबाट हुने संक्रमणबाट पेडेरस डर्माटिटिइज जस्तो रोग लाग्ने गरेको उनले बताए । किराको संक्रमणबाट देखिने रोगबारे छाला रोगका विशेषज्ञ र किरा विज्ञसँग छलफल गर्ने तयारी भइरहेको दाहालले जानकारी दिए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij