Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

इंग्ल्यान्डविरूद्ध एक खेल अगावै भारतलाई श्रृंखला

इंग्ल्यान्डविरूद्ध एक खेल अगावै भारतलाई श्रृंखला

  • 405
    SHARES
  • इंग्ल्यान्डविरूद्ध एक खेल अगावै भारतलाई श्रृंखला

    काठमाडौं । घरेलु टोली इंग्ल्यान्डलाई लगातार दोस्रो टी–२० मा ४९ रनले पराजित गर्दै भ्रमणकारी टोली भारतले एक खेल अगावै श्रृंखला जितेको छ ।

    भारतले दिएको १७१ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्ड १७ ओभरमा १२१ रनमा समेटियो । इंग्ल्यान्डका लागि मोइन अलीले सर्वाधिक ३५ रन बनाए । भारतका भुवनेश्वर कुमारले ३ विकेट लिए । 

    यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ८ विकेट गुमाउदै १७० रन बनायो । भारतका लागि रविन्द्र जेडेजाले सर्वाधिक ४६ रन बनाए । इंग्ल्यान्डका क्रिस जोर्डनले ४ विकेट लिए ।

    यस अघि पहिलो खेल भारतले ५० रनले जितेको थियो । तेस्रो तथा अन्तिम खेल आइतबार हुनेछ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij