Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

सवारी दर्ता, नामसारी र बिलबुकको प्रतिलिपि अब भरतपुरबाटै

सवारी दर्ता, नामसारी र बिलबुकको प्रतिलिपि अब भरतपुरबाटै

  • 759
    SHARES
  • सवारी दर्ता, नामसारी र बिलबुकको प्रतिलिपि अब भरतपुरबाटै

    काठमाडौं । याातायात सेवा कार्यालय भरतपुरले सवारी दर्ता, नामसारी र बिलबुकको प्रतिलिपिसमेत गर्ने भएको छ ।   

    भौतिक पूर्वाधार विकास मन्त्रालय बागमती प्रदेशले सेवा कार्यालयलाई यातायात व्यवस्था कार्यालय सरह अधिकार दिने निर्णय गरेपछि कार्यालयले लाइसेन्सबाहेकका सबै काम गर्न पाउने भएको हो । 

    प्रदेशस्थित मन्त्रालयले यातायात सेवा कार्यालयलाई यातायात व्यवस्था विभागसरह अधिकार दिने निर्णय गरेसँगै प्रदेशस्थित कार्यालयको अधिकार थप भएको हो ।

    सेवा कार्यालय भरतपुरका सूचना अधिकारी गोविन्द पौडेलकाअनुसार हालसम्म बिलबुक नवीकरण, पटके जाँचपास र रुट परमिट नवीकरण मात्रै हुँदै आएकोमा प्रदेश सरकारको निर्णयसँगै नयाँ सवारी दर्ता, नामसारी र बिलबुकको प्रतिलिपिसमेत यहाँबाट लिन पाइने छ ।

    ‘सबै तयारी पूरा गरेर एक महिनाभित्रमा सेवा सञ्चालनमा ल्याइन्छ,’ सूचना अधिकारी पौडेलले भने । 

    बागमती प्रदेश सरकारको यही वैशाख ८ गतेको मन्त्रिस्तरीय निर्णयबाट आइतबारदेखि सेवा सञ्चालन गर्ने गरी परिपत्र आएको भए पनि कोरोना संक्रमणको बढ्दो त्रासका कारण तयारी पुरा हुन नसकेको उनको भनाइ छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij