वेबटिभी खबर
जोहानेसबर्ग । दक्षिण अफ्रिकाको जोहानेसबर्ग नजिकै रहेको सोवेटो टाउनसिपमा रहेको बारमा भएको गोलीकाण्डमा १४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
‘हामीलाई मध्यरातमा खबर आयो, लगभग १२ बजे तिर खबर आएपछि हामी यहाँ आयौं, यहाँ आउँदा अवस्था भयावह थियो’ गोलीबारी पछि प्रहरी लेफ्टिनेन्ट इलियास मावेलाले भने ।
घटनास्थलमा प्रहरी पुग्दा १२ जना मृत फेला परेका थिए । गोलाबारीमा घाइते ११ जनाको अस्पतालमा उपचार भइरहेको छ । अस्पतालमा भर्ना भएकामध्ये २ जनाको मृत्यु भएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij