Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

भारतमा एकै दिन १८ हजार कोभिड संक्रमित

भारतमा एकै दिन १८ हजार कोभिड संक्रमित

  • 433
    SHARES
  • भारतमा एकै दिन १८ हजार कोभिड संक्रमित

    एजेन्सी, नयाँ दिल्ली । भारतमा कोभिड संक्रमितको संख्या बढेको बढ्यै छ ।

    पछिल्लो २४ घन्टामा १८ हजार २५७ जना नयाँ संक्रमित थपिएका छन् । यससँगै कुल संक्रमितको संख्या ४ करोड ३६ लाख २२ हजार ६५१ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

    त्यस्तै, पछिल्लो २४ घन्टामा ४२ जनाको मृत्युसँगै कोभिडबाट मृत्यु  हुनेको संख्या ५ लाख २५ हजार ४२८ पुगेको छ । कुल संक्रमितको शून्य दशमलब ३० प्रतिशत सक्रिय संक्रमित छन् ।

    त्यसैगरी कोभिडलाई जित्नत दर ९८ दशमलब ५० प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । कोभिड संक्रमण बढेपछि सरकारले खोप अभियानलाई तीब्रता दिँदै आएको छ । 

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij