Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

विमला वली सूर्य चिन्हबाट निर्वाचित सांसद हुन्ः सुवास नेम्वाङ 

विमला वली सूर्य चिन्हबाट निर्वाचित सांसद हुन्ः सुवास नेम्वाङ 

  • 2.5K
    SHARES
  • विमला वली सूर्य चिन्हबाट निर्वाचित सांसद हुन्ः  सुवास नेम्वाङ 

    काठमाडौं । नेकपा एमाले संसदीय दलका उपनेता तथा पार्टीका स्थायी समिति सदस्य सुवासचन्द्र नेम्वाङले लुम्बिनी प्रदेशसभाकी सदस्य विमला खत्री वली सुर्य चिन्हबाट निर्वाचित सांसद रहेको बताएका छन् । 

    सर्वोच्च अदालतले २३ फागुनमा नेकपाबाट नेकपा माओवादी केन्द्र र नेकपा एमाले ब्युँताएपछि विमला लगातार एमाले संसदीय दलको बैठकमा उपस्थित भएर हस्ताक्षर गरेकाले उनी एमालेकै सांसद रहेको प्रष्ट प्रमाण रहेको नेम्वाङले बताए । 
     
    उपनिर्वाचनमा विजयी जनप्रतिनिधिको हैसियत सर्वोच्च अदालतबाट एमाले र माओवादी ब्युँतिएपछि के हुने भन्ने विवादको न्यायिक निरुपण भइसकेको छैन । एकीकृत नेकपाबाट दुई पार्टी ब्युँतिएसँगै पूर्वमाओवादीहरू माओवादीतिरै र एमालेहरू एमालेतिरै रहेका थिए । 

    ०७६ मंसिरको उपनिर्वाचनमा नारायणकाजी श्रेष्ठ, विद्या भट्टराईहरूसँगै कमला खत्री वली नेकपाबाट लुम्बिनी प्रदेशसभा सदस्यमा विजयी भएकी थिइन् । 

    अहिले श्रेष्ठ माओवादीको प्रवक्ता छन् भने भट्टराईसँगै विमला पनि एमालेकै दलको बैठकमा सहभागी हुँदै आएकी थिइन् । वली माओवादी केन्द्रमा प्रवेश गरेपछि उनीमाथि एमालेले कानुनी उपचार खोजिरहेको छ । 

    विमलाले माओवादीको सदस्यता लिएको पुष्टि भएमा एमालेले कारबाही गरी उनलाई सांसद पदमुक्त गराइने नेम्वाङले बताए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij