Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

सरकारले चीनबाट २० हजार अक्सिजन सिलिन्डर ल्याउने 

सरकारले चीनबाट २० हजार अक्सिजन सिलिन्डर ल्याउने 

  • 755
    SHARES
  • सरकारले चीनबाट २० हजार अक्सिजन सिलिन्डर ल्याउने 

    काठमाडौं । सरकारले चीनबाट २० हजारथान अक्सिजन सिलिन्डर ल्याउने भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार केही दिनभित्रै चीनबाट २० हजारथान सिलिन्डर ल्याउन लागिएको हो । डा. गौतमले दुई हजारवटा हवाईमार्ग र १८ हजार स्थलमार्गबाट ल्याउन लागेको बताए ।

    नेपालमा अक्सिजन उत्पादन पर्याप्त भए पनि सिलिन्डरको अभाव भएको छ । कोभिड–१९ संक्रमित तिब्र रुपमा बढेसँगै संक्रमितहरुले सहजै अक्सिजन पाउन सकेका छैनन् । वैशाख १३ गते बसेको मन्त्रिपरिषद् बैठकले ५० हजार सिलिन्डर बाहिरी मुलुकबाट ल्याउने र त्यसमध्ये तत्काल ‘फास्ट ट्रयाक’ विधिबाट २० हजारथान ल्याउने निर्णय गरेको थियो ।

    सोही निर्णयानुसार सिलिन्डर ल्याउने प्रक्रिया अघि बढाइएको उद्योग, वाणिज्य तथा अपूर्ति मन्त्रालयका प्रवक्ता डा. नारायणप्रसाद रेग्मीले बताए ।

    नेपालमा शनिबारसम्म कोभिड-१९ का सक्रिय संक्रमितको संख्या ४३ हजार ३ सय १३ पुगेको छ । तीमध्ये तीन हजार एक सय १० जना संस्थागत आइसोलेसनमा रहेको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ ।

    शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले पछिल्लो समय अस्पताल भर्ना हुनेहरुमध्ये ९० प्रतिशत संक्रमितलाई अक्सिजन सपोर्टमा राख्नुपर्ने अवस्था रहेको बताए । मुलुकभर अहिले सञ्चालनमा रहेका २० वटा अक्सिजन प्लान्टमध्ये आठवटा काठमाडौं उपत्यकाभित्र सञ्चालित छन् ।

    नेपाल अक्सिजन उत्पादक संघको तथ्यांकअनुसार नेपालमा उत्पादन हुने अक्सिजनमध्ये ३० देखि ४० प्रतिशत औद्योगिक प्रयोजनका लागि खपत हुने गरेको छ ।

    तर, उद्योग मन्त्रालयले कोभिड संक्रमितलाई अक्सिजन अपर्याप्त हुने भन्दै अक्सिजन खपत हुने सबै उद्योग केही समय बन्द गर्न आग्रह गरेसँगै अधिकांश त्यस्ता उद्योग अहिले बन्द छन् । यसबाहेक नेपालका २८ वटा अस्पतालसँग आफ्नै अक्सिजन प्लान्ट छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij