Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

बाढीका कारण दुनैका २४ परिवार विस्थापित

बाढीका कारण दुनैका २४ परिवार विस्थापित

  • 481
    SHARES
  • बाढीका कारण दुनैका २४ परिवार विस्थापित

    डोल्पा । ठूलीभेरी नगरपाालिका-३ डोल्पाका २४ घरधुरी बाढीका कारण विस्थापित भएका छन् । सरमुकाम दुनैस्थित शान्तिटोलमा बाढीपहिरोले २४ परिवारलाई विस्थापित गराएको हो ।

    ठूलीभेरी नगरपालिका-३ शान्तिटोलमा अचानक आएको बाढी र पहिराेले नन्नाकुमारी विकको एक तले कच्ची घर पूर्णरूपमा क्षति पुर्‍याएको छ भने धनबहादुर घर्ती, झुमा विक, उर्मिला विश्वकर्मा, मोतीलाल रोकाया, मानबहादुर रोकायाको घर र खेतबारी बगाएको छ।

    यस्तै अन्यको घर र खेतबारी पनि बगेको प्रहरी नायब उपरीक्षक निरञ्जन थापाले जानकारी दिए । प्रहरी नायक उपरीक्षकका अनुसार ती सबैको घरखेत, अन्नपानी, लत्ताकपडा, सुनचाँदीसमेत गरी झण्डै १ करोड ५० लाख बराबरको क्षति भएको पाइएको प्रहरीले सार्वजनिक गरेको क्षति मूल्यांकन विवरणमा उल्लेख छ ।

    सोमबारको प्रतिनिधिसभा बैठकमा सांसद सत्य पहाडीले दुनैमा बाढीका कारण भएको क्षतिको बारेमा जानकारी गराएका थिए । सदरमुकाम दुनै उच्च जोखिममा भएको भन्दै दुनै बचाँउ अभियानमा सरकारले ध्यान दिनुपर्नेमा उनले जोड दिएका हुन् ।

    भेरी नदीको कटानका कारण दुनै बजार जोखिममा पर्दै आएको छ । यसभन्दा अगाडि गरिएको कामसमेत परिणाममुखी नहुँदा समस्या हुँदै आएको सांसद पहाडीको भनाइ थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij