वेबटिभी खबर
काठमाडौं । नेकपा एमालेले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको बचाउ गरेको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा एमालेका सांसदहरूले गभर्नर अधिकारीको बचाउ गर्न खोजेको हुन् ।
एमाले सांसद कृष्णभक्त पोखरेलले सत्ता पक्षका सांसदहरूले अर्थमन्त्रायको असक्षता लुकाउन एमालेको अन्तर पार्टी निर्देशन(अपानी)मा गभर्नर अधिकारी अर्थ विभाग सदस्यमा रहेको कुरा गरेर विषयान्तर गरि मनोगत भावना राखेको आरोप लगाए ।
यो विषय संसदमा उठाएर अर्थमन्त्रालयबाट भएको भ्रष्टाचारलाई विषयान्तर गर्न खोजिएको उनको भनाइ छ । स्वयम गभर्नरले आफू कुनै पार्टीमा आबद्ध नरहेको भन्दै विज्ञप्ति जारी गरिसकेको कुरा संसदमा प्रश्न उठान मिल्ने विषय नभएको उनले बताए ।
उनले भने, ‘अवैध अरबौँ रूपैयालाई वैध बनाउन गठबन्धन सरकारले दिएको आदेश नमान्दा श्रीलंका हुन्छ भन्ने सत्ता पक्षका माननीहरूको हो भने त्यस्तो बुझाईप्रति हाम्रो दयाभाव बाहेक केही रहन सक्दैन ।’
माफियाँहरूलाई कर छुट दिन नमानेबापत वा रकम छुट गर्न नदिए बापत गभर्नर जस्तो संवेदनशील पदालाई निलम्बन गर्ने काम भएको पनि उनले बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij