Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

गगन थापाले उठाए गभर्नर अधिकारीमाथि प्रश्न

गगन थापाले उठाए गभर्नर अधिकारीमाथि प्रश्न

  • 424
    SHARES
  • गगन थापाले उठाए गभर्नर अधिकारीमाथि प्रश्न

    काठमाडौं । कांग्रेसका महामन्त्री एवम् सांसद गगन थापाले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि प्रश्न गरेका छन् ।

    एमाले अर्थ तथा योजना विभागको सदस्यमा गभर्नर अधिकारीको नाम रहेको चर्चा चलिरहेको बेला बुधबार बसेको प्रतिनिधिसभा बैठकमा थापाले गभर्नर अधिकारीमाथि प्रश्न उठाएका हुन् ।

    उनले आगामी आर्थिक वर्षको मौद्रिक नीति अर्थतन्त्रलाई चलायमान बनाउने खालको बनाउनुपर्ने सुझाब राष्ट्र बैंकलाई दिएका छन् ।

    तरलताको अभाव, चुँलिदो व्यापार घाटा, घट्दो विदेशी मुद्रा सञ्चिति, अकासिँदो मूल्यवृद्धि र मागमा संकुचलन लगायतका चुनौतिहरूलाई सामना गर्ने गरि मौद्रिक नीति ल्याइनुपर्ने उनको भनाइ छ ।

    बैठकमा आगामी आर्थिक वर्षको मौद्रिक नीतिबारे नेपाल राष्ट्र बैंकलाई सुझाव दिँदै थापाले भने, ‘ मैले गरेका यी सम्पूर्ण अनुरोध नेपाल राष्ट्र बैंकका गभर्नर श्री महाप्रसाद अधिकारीलाई हो । एमालेको अर्थ तथा योजना विभाग सदस्य मिस्टर एम अधिकारीले मलाई भनेको हो कि भन्ने बुझ्नु भएमा क्षमा चाहन्छु ।’

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij