Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

धानबालीमा किराको प्रकोप बढेपछि किसान चिन्तित

धानबालीमा किराको प्रकोप बढेपछि किसान चिन्तित

  • 406
    SHARES
  • धानबालीमा किराको प्रकोप बढेपछि किसान चिन्तित

    काठमाडौं । लमजुङमा असार पहिलो साता रोपेको धानबालीमा काँडेदार खपटे किराको प्रकोप देखिएको  छ । बेँसीशहर नगरपालिका-११ रामचोक फाटमा धानमा किरा लागेसँगै किसानहरू चिन्तित भएका छन् ।

    रामचोक फाँटमा राईस हिस्पा (काँडेदार खपटे) किराको प्रकोप बढेपछि कृषि प्राविधिक टोलीको सल्लाहअनुसार धानबालीमा विषादी छर्किएको छ । कृषि ज्ञान केन्द्र र बेसीँशहर नगरपालिका कृषि शाखाका प्राविधिक टोलीले सोमबार अनुगमन गरेर विषादी प्रयोग बारेमा जानकारी गराएका हुन् ।

    खपटे किरा प्रकोपले भर्खर रोपेका कलिला धानको पात खाएर बिरूवा नै सुक्ने, धान बिरूवाको गुभो खान लागेपछि धानबाली नष्ट हुने भएकाले किसानहरू चिन्तित भएका छन् ।

    फाँटको करिब एक सय रोपनी धानबालीमा किरा प्रकोप देखिएको र मंगलवार करिब ५० रोपनीमा विषादी हालेको ज्ञान केन्द्रले जानकारी दिएको छ ।

    केन्द्रका कृषि प्रसार अधिकृत किरण सापकोटाले फाँटमै पुगेर धानबाली अवलोकन गरी किरा प्रकोप र यसका उपचार विधिका बारेमा किसानलाई जानकारी गराएका  थिए ।

    किराको प्रकोप नियन्त्रणका लागि आवश्यक विषादी केन्द्रमा नभएकाले नगरपालिकाको सहयोगमा किसानहरुलाई विषादी उपलब्ध गराइएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij