Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

एमालेको विभागमा राखिएको भन्दै गभर्नरमाथि संसदमा प्रश्न उठ्यो 

एमालेको विभागमा राखिएको भन्दै गभर्नरमाथि संसदमा प्रश्न उठ्यो 

  • 444
    SHARES
  • एमालेको विभागमा राखिएको भन्दै गभर्नरमाथि संसदमा प्रश्न उठ्यो 

    काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी एमालेको अर्थ तथा योजना विभागको सदस्य रहेको विषय सार्वजनिक भएको भन्दै छानबिनको माग गरेको छ ।

    प्रतिनिधिसभाको बुधबार बसेको बैठकको विशेष समयमा बोल्दै माओवादी केन्द्रका सांसद रेखा शर्माले मुलुकको गभर्नर कुनै पार्टीको विभागको सदस्य हुनु नपाउने व्यवस्था रहेको भन्दै उक्त विषयमा छानविन हुनुपर्ने बताइन् ।

    यस सन्दर्भमा प्रचलित कानुन र बैंकको ऐन, नियमावली विपरीत कुनै पनि दलमा आवद्ध भएको व्यक्ति गभर्नरमा नियुक्त हुन नहुने व्यवस्थाको उल्लंघन भएको उनले टिप्पणी गरिन् । उनले मुलुकको अर्थतन्त्रलाई नियोजित ढंगले नै बिगार्न खाजिएको आरोप लगाइन् ।

    rekha sharma.jpg

    त्यस्तै विशेष समयमा कांग्रेसका सांसद मीन विश्वकर्माले नेपाल राष्ट्र बैंकका गभर्नरले शेयर लगानीकर्तालाई हतोत्साही र नागरिकलाई निराश बनाउने गरी सार्वजनिक अभिव्यक्ति दिएकोमा पनि आपत्ति व्यक्त जनाए ।

    रियल स्टेट कारोबारीहरूलाई निषेध गर्ने, निजी क्षेत्रलाई हतोत्साही गर्ने, शेयर मार्केटमा लगानीहरूलाई हतोत्साहित गर्ने काम भइरहेको र यो बन्द हुनुपर्ने उनको भनाइ थियो । 

    बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेका सांसद खगराज अधिकारीले ग्लोबल बोलपत्रबिना हतार हतारमा नेपाल प्रहरीका लागि विभिन्न हातहतियार खरिद गर्न लागिएको भन्दै आपत्ति जनाए ।

    उनले आर्थिक वर्षको अन्त्यमा रकमान्तर गरेर सामान ल्याउन लागिएको आरोप लगाउँदै ती सामान खरिद गर्नुपर्ने आवश्यकता पुष्टि गरि सदनलाई जानकारी गराउन उनले माग गरे । 

    त्यस्तै बैठकमा एमाले सांसद शिवमाया तुम्बाहाम्फेले आफैंले गैर–संवैधानिक भनिएको संवैधानिक परिषद्सम्बन्धी विधेयक सरकारले ल्याउन खोजेको भन्दै तत्काल फिर्ता लिन माग गरिन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij