Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

कांग्रेसले पुष्पा भुसाललाई उपसभामुखको उम्मेदवार बनाउने

कांग्रेसले पुष्पा भुसाललाई उपसभामुखको उम्मेदवार बनाउने

  • 444
    SHARES
  • कांग्रेसले पुष्पा भुसाललाई उपसभामुखको उम्मेदवार बनाउने

    काठमाडौं । नेपाली कांग्रेसले सांसद् पुष्पा भुसाललाई प्रतिनिधि सभाको उपसभामुखको उम्मेदवार बनाउने भएको छ ।

    सत्ता गठबन्धनले उपसभामुख कांग्रेसलाई छाडेपछि कांग्रेसले भुसाललाई उपसभामुखको उम्मेदवार बनाउन लागेको हो ।

    सार्वजनिक निर्वाचन कार्यतालिका अनुसार उपसभामुखका लागि बिहीबार (भोली) मनोनयन दर्ता हुने छ भने शुक्रबार चुनाव हुने छ ।

    सत्ता गठबन्धन दलका सबै सांसदले मत दिए भुसाल उपसभामुख निर्वाचित हुने छिन् । भुसाल यसअघि पनि उपसभामुख उम्मेदवार भएर पराजित भएकी थिइन् ।

    २०७४  चैतमा भएको चुनावमा भुसाललाई एमालेकी शिवमाया तुम्बाहाङ्फेले हराएकी थिइन् । २०७६ माघ ६ गते तुम्बाहाङ्फेले राजीनामा दिएपछि उक्त पद खाली छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij