Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

साउन १ गतेदेखि कर्मचारी हटाइने [सूचनासहित]

साउन १ गतेदेखि कर्मचारी हटाइने [सूचनासहित]

  • 3.5K
    SHARES
  • साउन १ गतेदेखि कर्मचारी हटाइने [सूचनासहित]

    काठमाडौं । बर्दिबास नगरपालिकाले नगरभित्रका करार कर्मचारी हटाउने भएको छ । आउँँदो १ साउनदेखि २०७९/०८० मा खर्च कटौती गर्नुपर्ने कारण देखाउँदै नगरपालिका, वडा र स्वास्थ्य कार्यालयका करारमा कार्यरत कर्मचारी हटाउन लागेको हो ।

    अत्यावश्यकबाहेकका कर्मचारी हटाउने उल्लेख गरे पनि नगरले १ साउनदेखि करार तथा ज्यालादारीमा रहेका कर्मचारीलाई हाजिर नगराउन निर्देशनसमेत दिइसकेको छ ।

    कार्यसम्पादनमा बाधा नपुग्नेगरी कर्मचारी हटाउने निर्णय गरेको नगरपालिकाका प्रवक्ता विजय महतोले बताए । उनले भने, ‘अघिल्लो सरकारले करारमा नियुक्त गरेका ६२ जना शिक्षकको विषयमा भने निर्णय आउन बाँकी छ । बैठक बसेर के गर्ने भन्ने विषयमा टुंगो लगाउँछौँ ।’

    नगरपालिकाका सूचना अधिकारी सोम फुयाँलका अनुसार विद्यालयका शिक्षकबाहेक अहिले नगरभित्र लगभग ५० को हाराहारीमा कर्मचारी करारमा काम गर्दै आएका छन् । कर्मचारी हटाउने विषयमा गरिएको निर्णयमाथि नगरवासीको मिश्रित प्रतिक्रिया आएका छन् ।

    खर्च कटौती गर्ने नाममा अघिल्लो स्थानीय सरकारका नियुक्ति खारेज गर्ने र नयाँ नियुक्ति गर्ने परिपाटीको विकास गर्न खोजेको कतिपयको आरोप छ भने कतिपयले नगरको निर्णयलाई स्वागत गरेका छन् ।

    FB_IMG_1657766339514.jpg

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij