Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

सत्ता गठबन्धन बैठक : शान्ति प्रक्रियाका बाँकी काम सक्न ऐन संशोधन गर्ने सहमति

सत्ता गठबन्धन बैठक : शान्ति प्रक्रियाका बाँकी काम सक्न ऐन संशोधन गर्ने सहमति

  • 413
    SHARES
  • सत्ता गठबन्धन बैठक : शान्ति प्रक्रियाका बाँकी काम सक्न ऐन संशोधन गर्ने सहमति

    काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच शान्ति प्रक्रियाका बाँकी काम अघि बढाउने सहमति भएको छ ।

    शुक्रबार बालुवाटारमा बसेको बैठकमा सहभागी नेपाली कांग्रेसका एक नेताले शान्ति प्रक्रियाका बाँकी काम चाँडो सम्पन्न गर्ने गरी अघि बढाउने सहमति भएको जानकारी दिए ।

    गठबन्धनमा सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगसम्बन्धी ऐनहरू संशोधन गर्ने र त्यहीअनुसार आयोगहरूको संरचना तय गरी न्यायिक निरूपण गर्ने सहमति भएको ती नेताको भनाइ छ ।

    सरकारले ७ वर्षअघि नै आयोगहरू गठन गरेपनि तिनले पीडितहरूलाई ठोस न्याय दिन सकेका छैनन् ।

    आयोगहरूले काम गर्न नसकेपछि सरकारले हरेक वर्ष एकरएक वर्षको समयावधि थप गर्दै आएको छ । दुवै आयोगको समयावधि असार मसान्तमा सकिँदैछ । फाइल तस्बिर 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij