Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

डोका र नाङ्ला बिक्री गरेर मनग्ये आम्दानी

डोका र नाङ्ला बिक्री गरेर मनग्ये आम्दानी

  • 381
    SHARES
  • डोका र नाङ्ला बिक्री गरेर मनग्ये आम्दानी

    कालिकोट । नरहरिनाथ गाउँपालिका-४ रुप्सा गाउँका कन्न दर्जीले निगालाको डोका र नाङ्ला बेचेर मासिक २५ हजार आम्दानी गरेका छन् । जंगलमा पाइने निगालाबाट उनले डोका र नाङ्ला बुनेर बजारमा बिक्री वितरण गर्दै आएका छन् ।

    उनले गाउँमा आफूले बुनेका वा अरूले बुनेका डोका, नाङ्ला खरिद गरेर सदरमुकाम मान्म बजार, छिमेकी जिल्ला अछाम र दैलेखसम्म बिक्रीका लागि जाने गरेको बताए ।

    ‘जंगलमा त्यतिकै खेर गएको निगालाको चोयाबाट डोका र नाङ्लो बेचेर राम्रो कमाइ गरेको छु ।  नाङ्लो मात्र ५ सयदेखि ६ सयसम्म बिक्री गर्ने गरेको छु ।’ उनले भने, ‘गाउँघरमा यसको माग पनि निकै छ ।’

    भारी बोक्न मिल्ने डोका १ हजार २ सयदेखि १ हजार ५ सयसम्म घाँस दाउरा गर्ने डोका ८ सयदेखि ९ सय मूल्यमा बिक्री हुने गरेको उनको भनाइ रहेको छ ।

    ‘पहिलो आफन्तलाई डोका र नाङ्लो नासोकोरूपमा दिने गरेका थियौं ।’ उनले भने, ‘अहिले त्यसलाई मैले बजारीकरण गरेर व्यापारकारूपमा विकास गरेको छु ।’

    स्थानीय वस्तुभाउ बिक्री वितरण गर्नका लागि हाट बजार लाग्ने व्यवस्था भएको भए आफूलाई बिक्री वितरणमा सजिलो हुने उनको भनाइ छ ।

    ‘स्थानीयस्तरमा उत्पादन भएको वस्तुभाउ बिक्री गर्नका लागि यहाँ कृषि हाट बजार लाग्दैन ।’ उनले भने, ‘पिठ्युमा बोकेर गाउँगाउँमा डुलेर बिक्री गर्ने गरेको छु ।’

    स्थानीय स्तरमा उत्पादन हुने वस्तु डोका, नाङ्लो तथा अन्य वस्तुलाई स्थानीय सरकारले उत्पादन गर्न बिक्री गर्नका लागि सहजीकरण गर्न आवश्यक रहेको उनको माग छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij