वेबटिभी खबर
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख निर्वाचनमा नेपाल मजदुर किसान पार्टी तटस्थ रहेने भएको छ । अबको केही बेरमा हुने उपसभामुख निर्वाचनमा नेमकिपाले कुनै पनि उम्मेदवारलाई मत नदिने सांसद् प्रेम सुवालले बताए ।
उपसभामुखको लागि सत्ता गठबन्धनबाट कांग्रेस सांसद् पुष्पा भुसालले उम्मेदवारी दर्ता गराएकी छिन् भने प्रमुख प्रतिपक्ष दल नेकपा एमालेबाट विद्या भट्टराईले उम्मेदवारी दिएकी छिन् ।
उपसभामुखकाे पद रिक्त भएकाे करिब ३० महिनापछि निर्वाचन हुन लागेकाे हाे ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij