Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

यस्ता छन् मन्त्रिपरिषद्ले गरेका निर्णय

यस्ता छन् मन्त्रिपरिषद्ले गरेका निर्णय

  • 454
    SHARES
  • यस्ता छन् मन्त्रिपरिषद्ले गरेका निर्णय

    काठमाडौं । प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बसको मन्त्रिपरिषद्को बैठकले विभिन्न निर्णय गरेको छ ।

    शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले पेट्रोलियम पदार्थको कर समायोजनको रकम, नेपाल–तिब्बत व्यापार सहजीकरण समितिको बैठक, सुशासन विधेयक र राष्ट्रिय खेलकुद विकास नियमावली, २०७९ स्वीकृत गर्ने लगायतविभिन्न निर्णयहरू  गरेको छ ।

    सरकारले पेट्रोलियम पदार्थमा करबापत मूल्य समायोजन भएको रकम उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत नेपाल आयल निगमलाई उपलब्ध गराउने निर्णय गरेको हो ।

    त्यस्तै नेपाल–तिब्बत व्यापार सहजीकरण समितिको बैठकमा नेपाल पनि सहभागी हुने निर्णयसमेत मन्त्रिपरिषद् बैठकले गरेको छ । सुशासन विधेयक पारित गर्ने र सुशासन आयोग गठन गर्ने निर्णय पनि आजकै बैठकले गरेको छ ।

    यसैगरी राष्ट्रिय खेलकुद विकास नियमावली, २०७९ स्वीकृत गर्ने, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको बाधा, अड्चन फुकाउने तथा सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगको म्याद तीन महिनाका लागि थप्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij