Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

विवाह खर्च कटौती गरेर विद्यार्थीलाई सहयोग

विवाह खर्च कटौती गरेर विद्यार्थीलाई सहयोग

  • 451
    SHARES
  • विवाह खर्च कटौती गरेर विद्यार्थीलाई सहयोग

    काठमाडौं । अर्घाखाँचीमा एक नवविवाहित दम्पतीले वैवाहिक खर्च कटौती गरि विकट क्षेत्रका गरिब विद्यार्थीहरूलाई सहयोग गर्ने घोषणा गरेका छन् ।

    शुक्रबार अदालती विवाह गरेका गणेश बेल्वासे र सुमित्रा भण्डारीले शीतगंगा नगरपालिका वडानम्बर ८, ९ र १० का विपन्न विद्यार्थीहरूलाई सहयोग गर्ने घोषणा गरेका हुन् ।

    उनीहरूले एसईई उत्तीर्ण गरेका विद्यार्थीहरूका लागि सिद्दारामा रहेको जनजागृति माध्यमिक विद्यालयमा ५० हजार र अन्य विद्यालयमा आवश्यकता हेरी ५० हजार गरि एक लाखको अक्षयकोष घोषणा गरेका हुन् ।

    लामो समयदेखि शिक्षण पेसामा रहेका नवदम्पतीले पिछडिएका बालबालिले आर्थिक अभावमा पढाइ छोड्नुपर्ने अवस्था अन्त्यका लागि केही टेवा पुगोस् भन्ने मनसायका साथ विवाहकाे खर्च कटौती गरि सहयोग गर्ने निर्णय गरेकाे बताए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij