Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

हामी कसैका दास होइनौँ : शेखर कोइराला

हामी कसैका दास होइनौँ : शेखर कोइराला

  • 365
    SHARES
  • हामी कसैका दास होइनौँ : शेखर कोइराला

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले आफूहरू कसैको दास नभएकाले नेतृत्वले गलत गर्दा बोल्नुपर्ने बताएका छन् ।

    शनिबार गैँडाकोटमा डा.कृष्णप्रसाद पौडेलको पुस्तक ‘लय छुटेको समय’ को विमोचन गर्दै नेता कोइरालाले आफूहरू कसैको दास नभएको बताएका हुन् ।

    कोइरालाले अहिलेको नेतृत्वलाई सही बाटोमा हिँडाउन र कांग्रेसको अस्तित्व बचाउन आफूहरू लडिरहेको  बताए ।

    उनले भने, ‘ बीपी कोइरालाले नेतृत्वलाई गलत गर्‍यौँ भनेर भन्न सकेनौँ भने तिमीहरू दास हौँ भन्नु भएको थियो। हामी कसैको दास होइनौँ । हामीलाई लागेका कुराहरू हामी भन्छौँ हामी बोल्छौँ । नेतृत्वलाई करेक्सन गर्ने बाटो भनेन भने त नेतृत्वले जे पनि गर्छ ।’

    पार्टीभित्र आफूले जहिले पनि कांग्रेसकाे विधि र विधानमा हिड्नुपर्ने र कसैलाई काखा कसैलाई पाखा नगरौँ भन्ने धारणा राख्ने गरेको बताए । कांग्रेसलाई कम क्षति हुनेगरी गठबन्धन हुनुपर्ने पनि उनको भनाइ छ ।

    जुन राजनीतिक शक्तिसँग प्रजातन्त्र, समाजवाद र राष्ट्रियताबारे विचार मेल खान्छ त्यहीसँग गठबन्धन गर्नेपर्ने उनकाे भनाइ छ । उनले भने, ‘कम्युनिस्टहरूसँग नेपाली कांग्रेसको तालमेल अलिकति नमिलेको हो कि जस्तो आभास भइरहेछ ।’

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij