वेबटिभी खबर
कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिमा तरकारी संकलन केन्द्र सञ्चालनमा आएको छ । नगरपालिका-३ मा शिवराज कृषि सहकारी संस्थाले संकलन केन्द्र सञ्चालनमा ल्याएको हो ।
शिवराज नगरपालिकाको आर्थिक सहयोगमा निर्माण भएको उक्त संकलन केन्द्रको आज उद्घाटन गर्दै नगर उपप्रमुख शिवकुमारी थारूले किसानले उत्पादन गर्ने तरकारीलाई बजारीकरण गर्न संकलन केन्द्रले सहयोग पुर्याउने विश्वास व्यक्त गरे ।
नगरपालिकाले किसानका लागि विभिन्न कार्यक्रम सञ्चालनमा ल्याएको भए पनि तरकारी संकलन केन्द्रले किसानलाई प्रत्येक्ष राहत पुग्ने उनले बताए । तरकारी संकलन केन्द्र स्थापना गर्न ट्रस निर्माणका लागि नगरपालिकाको ५ लाख ८८ हजार र ६५ हजार बराबरको श्रमदान गरिएको उपप्रमुख थारूले जानकारी दिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij