Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

गभर्नर अधिकारीलाई कार्यालय प्रवेशमा रोक लगाइने !

गभर्नर अधिकारीलाई कार्यालय प्रवेशमा रोक लगाइने !

  • 1.5K
    SHARES
  • गभर्नर अधिकारीलाई कार्यालय प्रवेशमा रोक लगाइने !

    काठमाडौं । सत्तारुढ दल नेपाली कांंग्रेस र माओवादी केन्द्र निकट विद्यार्थी संगठन नेविसंघ र अखिल (क्रान्तिकारी) ले गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै विरोध प्रदर्शन गर्ने भएका छन् । 

    विरोध स्वरुप आज गभर्नर अधिकारीलाई कार्यालय प्रवेशमा रोक लगाइने भएको छ । आइतबार १० बजे बालुवाटार ३ नम्बर गेटमा रहेको नेपाल राष्ट्र बैंंकको गेटमा जम्मा भई गभर्नर अधिकारीलाई कार्यालय प्रवेशमा रोक लगाउने कार्यक्रम रहेको अखिल (क्रान्तिकारी) का उपाध्यक्ष जीपी मैनालीले जानकारी दिए ।

    दलिय सलंग्नता र शैक्षिक योग्यता समेतका बिषयहरूमा प्रश्न उठेको भन्दै युवा विद्यार्थी संगठनहरू केहि दिन यता आन्दोलित रहेकोमा नेविसंघ र अखिल (क्रान्तिकारी) ले घेराउ र विरोध प्रदर्शन गर्न लागेका हुन् ।

    विरोध कार्यक्रमलाई नेविसंघ अध्यक्ष डुजाङ शेर्पा र अखिल (क्रान्तिकारी) की अध्यक्ष पञ्चा सिंहले सम्बोधन गर्ने छन् । गभर्नर अधिकारी नेकपा एमालेको अर्थ तथा योजना बिभागका सदस्य भएको सार्वजनिक भएसँगै अधिकारीको नियुक्तिबारे बहस र आलोचना सुरु भएको हो । 

    सरकारलाई दवाव बढाउने नीति अनुरुप यसअघि शुक्रबार नेविसंघले माइतीघरमा प्रदर्शन गरेको थियो भने शनिबार वाइसिएल नेतृत्वको टोलीले गभर्नरलाई बर्खास्त गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको थियो । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij