Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

टीकापुर बसपार्क सञ्चालन

टीकापुर बसपार्क सञ्चालन

  • 342
    SHARES
  • टीकापुर बसपार्क सञ्चालन

    कैलाली । कैलालीको टीकापुर बसपार्क हस्तान्तरण भएको करिब दुई वर्षपछि सञ्चालनमा आएको छ ।

    सुदूरपश्चिमकै नमूना बसपार्क २०७७ भदौ ३ गते टीकापुर नगरपालिकालाई निर्माण कम्पनीले हस्तान्तरण गरे पनि विविध कारणले सञ्चालनमा आउन नसकेको बसपार्कको आजदेखि सञ्चालनमा आएको हो ।

    नगरपालिकाले अमिक्षा कन्स्ट्रक्सनसँग तीन वर्षको ठेक्का सम्झौता गर्दै बसपार्क सञ्चालनमा ल्याइएको नगरपालिकाका नगर प्रमुख रामलाल डगौंरा थारुले बताए ।

    ‘बसपार्क सञ्चालन हुन नसक्दा सडकमै सवारीसाधन पार्किङ गर्नुपर्ने बाध्यताका कारण दुर्घटनाको जोखिम थियो, आजबाट त्यो जोखिम कम भएको छ’, नगर प्रमुख थारुले भने, ‘जताततै पार्किङ हुने सवारीसाधनको व्यवस्थापन हुनेछ, जसले बजारको सुन्दरतालाई समेत मद्दत गर्ने छ ।’

    उनले टीकापुरको विकासका लागि बसपार्क पनि एक आयाम भएको जनाउँदै त्यसको व्यवस्थापन र संरक्षणमा विशेष ध्यान दिन सञ्चालक समितिलाई निर्देशन दिए ।

    तीन वर्षको लागि ठेक्का पाएको अमिक्षा कन्स्ट्रक्सनले नगरपालिकालाई ५५ लाख तिर्नुपर्ने छ । सहरी विकास तथा भवन निर्माण विभाग संघीय कार्यान्वयन एकाइ धनगढीमार्फत निर्माण भएको बसपार्क निर्माणको काम दुई चरणमा भएको थियो । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij