वेबटिभी खबर
काठमाडौं । नागरिक लगानी कोषले घोराही सिमेन्ट इन्डष्ट्री लिमिटेडको साधारण शेयर प्रत्याभूति गर्ने भएको छ ।
शेयर प्रत्याभूतिकर्ता सम्बन्धी सम्झौतामा आज कोषका कार्यकारी निर्देशक रमण नेपाल र घोराही सिमेन्टका तर्फबाट सञ्चालक आदित्य संघाईले हस्ताक्षर गरेका हुन् ।
कोषले जारी गरेको विज्ञप्तिअनुसार घोराही सिमेन्टले ७९ लाख ४३ हजार ८०१ कित्ता शेयरको परल मुल्य १०० मा प्रिमियम बापत ३३५ थप गरी प्रति कित्ता ४३५ का दरले ३ अर्ब ४५ करोड ५५ लाख ५३ हजार ४३५ बराबरको शेयरको प्रत्याभुति गर्नेछ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij