Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

सुडानमा भएको जातीय दंगामा ६५ जनाको मृत्यु

सुडानमा भएको जातीय दंगामा ६५ जनाको मृत्यु

  • 541
    SHARES
  • सुडानमा भएको जातीय दंगामा ६५ जनाको मृत्यु

    खार्तुम । सुडानको खार्तुममा भएको जातीय दंगामा ६५ जनाको मृत्यु भएको छ ।

    अल सुडान दैनिक पत्रिकाका अनुसार ब्लु नाइल प्रदेशमा भएको जातीय दंगामा मृत्यु हुनेको संख्या आइतबारसम्म ६५ पुगेको हो ।

    दंगामा परेर अरू दर्जनौँ व्यक्ति घाइते भएको त्यहाँको सुरक्षा समितिले जारी गरेको वक्तव्यमा जनाइएको छ ।

    झडपका क्रममा कैयौं पसलहरू क्षतिग्रस्त भएका छन् भने केही घरमा आगजनी पनि गरिएको अधिकारीहरूले जानकारी दिएका छन् । आइतबारसम्म सुरक्षाकर्मीले परिस्थिति नियन्त्रणमा लिइसकेको जनाएका छन् भने केही शंकास्पद व्यक्तिलाई पक्राउ गरेका छन् ।

    सुरक्षा समितिले घटना भएको ठाउँमा कर्फ्यु आदेश जारी गरेको छ । स्थानीय बेर्टी र हौसा जातीय समूहबीच झडप भएको प्रत्यक्षदर्शीले बताएका छन् । झडपका क्रममा विभिन्न हतियारको प्रयोग भएको बताइएको छ ।

    अफ्रिकी मुलुक सुडानको पूर्वी क्षेत्रमा पर्ने ब्लु नाइल प्रदेश इथियोपियाको सीमा क्षेत्र हो । सुडानमा लामो समयदेखि विभिन्न आन्तरिक द्वन्द्व तथा राजनीतिक संकट छ ।

  • सम्बन्धित विषय:

  • # सुडान

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij