वेबटिभी खबर
काठमाडौं । गोरखाको अजिरकोट गाउँपालिका-३ मा बोलेरोको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।
बाेलेराेकाे ठक्करबाट अजिरकोट गाउँपालिका-२ वलाङ निवासी २३ वर्षीया मेलिना गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी लिलाराज लामिछानेले जानकारी दिए ।
भच्चेकबाट गोरखातर्फ आउँदै गरेको बा ०३ प ४८१५ नम्बरको मोटरसाइकललाई छोप्राकबाट भच्चेक जाँदै गरेको ग १ ज ४८८६ नम्बरको बोलेरो जीपले ठक्कर उनकाे घटनास्थलमै मृत्यु भएकाे हाे ।
दुर्घटनामा मोटरसाइकल चालक ३५ वर्षका मनराज गुरुङ समान्य घाइते भएका छन् । उनको भच्चेक स्वास्थ्य चौकीमा उपचार भएको छ । बोलेरो जिप र चालक प्रहरी नियन्त्रणमा रहेको डिएसपी लामिछानेले बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij