Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

एआईजी विश्वराज पोखरेलद्वारा राजीनामा

एआईजी विश्वराज पोखरेलद्वारा राजीनामा

  • 295
    SHARES
  • एआईजी विश्वराज पोखरेलद्वारा राजीनामा

    काठमाडौं । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले पदबाट राजीनामा दिएका छन् । उनले सोमबार नेपाल प्रहरीको मानव स्रोत विभागमा उपस्थित भएर राजीनामा दिएका हुन् ।

    सर्वोच्च अदालतले उनको पक्षमा फैसला नदिएपछि पोखरेलले राजीनामा दिने धेरैले अनुमान गरेका थिए । धिराजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने सरकारको निर्णयविरूद्ध पोखरेलले सर्वोच्च अदालतमा मुद्दा हालेर बिदामा बसेका थिए ।

    तर अदालतले सरकारको उक्त निर्णय सही ठहर गरेपछि उनले राजीनामा दिएका हुन् । एआईजीको राजीनामा मन्त्रिपरिषदले स्वीकृत गर्नुपर्ने व्यवस्था रहेकाे छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij