वेबटिभी खबर
काठमाडौं । गुल्मीको गुल्मीदरबार गाउँपालिका-२ हटियामा आज मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय २६ वर्षीय लेकबहादुर पाल्पाली रहेका छन् ।
हटियाबाट ठुलाचौरतर्फ जाँदै गरेको लु ६ प २०२० नम्बरको मोटरसाइकल आज दिउँसो साढे १२ बजे अनियन्त्रित भइ सडकको भित्तामा ठोक्किएको थियो ।
दुर्घटनामा परी चालक पाल्पालीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij