Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

श्रम मन्त्रालयले भन्याे– कर्मचारी नहटाऊ

श्रम मन्त्रालयले भन्याे– कर्मचारी नहटाऊ

  • 3.8K
    SHARES
  • श्रम मन्त्रालयले भन्याे–  कर्मचारी नहटाऊ

    काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले करारका कर्मचारीलाई नहटाउन आग्रह गरेको छ । मन्त्रालयले सोमबार सूचना जारी गरेर प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत रोजगार सेवा केन्द्रमा कार्यरत करार कर्मचारीलाई नहटाउन अनुरोध गरेको हो ।

    स्थानीय तहमा नियुक्त भएका करारको  रोजगार संयोजक तथा प्राविधिक सहायक कर्मचारीलाई कानुनी प्रक्रियाअनुसार बाहेक सेवाबाट नहटाउन श्रममन्त्रालयले आग्रह गरेको हो ।

    कार्यक्रमको सुरुवातदेखि नै भर्ना गरिएका जनशक्तिलाई तलबभत्ता र अन्य सेवा सुविधा प्रदान गरि संघीय सरकारले लगानी गरि मानव पूँजी निर्माण गरेको र यो कार्यक्रम केन्द्रीय सशर्त अनुदानअन्तर्गत संचालित कार्यक्रम रहेकाले एकमुस्ट रूपमा कर्मचारीलाई सेवाबाट हटाउँदा प्रधानमन्त्री रोजगार कार्यक्रम र युवारूप कार्यक्रमको सोच, लक्ष्य र उद्देश्यमा दख्खल पर्न गएको जारी सूचनामा उल्लेख गरिएको छ ।

    kkksf.jpg

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij