Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

निर्वाचनमा एमाले एक्लै जान तयार छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

निर्वाचनमा एमाले एक्लै जान तयार छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

  • 455
    SHARES
  • निर्वाचनमा एमाले एक्लै जान तयार छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

    विराटनगर । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले संविधान कार्यान्वयनको दिशातर्फ देश अघि बढिरहेको बताएका छन् । 

    प्रेस चौतारी नेपाल प्रदेश नं १ कमिटीद्वारा आयोजित पत्रकार सम्मेलनमा उनले नेपालको संविधान राष्ट्रिय सहमतिका आधारमा जारी भएको बताए । वरिष्ठ उपाध्यक्ष पोखरेलले भने, ‘संविधान अपरिवर्तनीय होइन, आवश्यकता परेमा समयसापेक्ष संशोधन गर्न सकिन्छ ।’

    आगामी सङ्घ र प्रदेशको निर्वाचनमा आफ्नो पार्टीले श्रेष्ठता हासिल गर्ने दाबी गर्दै निर्वाचनमा एमाले एक्लै जान तयार रहेको बताए। उनले भने, ‘निर्वाचनमा स्थानीय आवश्यकतानुसार तालमेल हुनसक्छ ।’

    वरिष्ठ उपाध्यक्ष पोखरेलले प्रदेश नं १ को नामकरण प्रदेशसभाको एकल अधिकारको विषय भएको चर्चा गर्दै यसका लागि साझा सहमतिका आधारमा सबैलाई स्वीकार्य हुनुपर्ने बताए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij