वेबटिभी खबर
काठमाडौं । अखिल (क्रान्तिकारी) का उपाध्यक्ष जीपी मैनालीले नेपाल इन्जिनियर्स एसोसिएशनमाथि प्रश्न उठाउने बेला भएको बताएका छन् । अखिल (क्रान्तिकारी) पुल्चोक क्याम्पसद्वारा ललितपुरको पुल्चोकमा आज आयोजित रक्तदान कार्यक्रममा मैनालीले यस्तो धारणा राखेका हुन् ।
पुल्चोक क्यामपसको भन्दा दश वर्ष पुरानो इतिहास बोकेको नेपाल इन्जिनियर्स एसोसिएशनले इन्जिनियरका पक्षमा कति काम गर्यो, मुलुकको विकासमा के कति योगदान गर्यो, यतिका राष्ट्रिय गौरवका आयोजनाहरू बन्न ढिलाइ हुँदा के भूमिका खेलिरहेको छ भनेर खोजी गर्ने बेला भएको भन्दै सिभिल इन्जिनियरसमेत रहेका मैनालीले प्रश्न गरे, ‘निजगढ अन्तर्राष्ट्रिय विमानस्थलकै सवालमा वातावरणी र विकासको कोणबाट ठिक या बेठिक भन्ने जनताको तल्लो तहसम्म चासो र कन्फ्युजन छ । तर तपाईंले तर एकाधलाई छाडेर हाम्रा इन्जिनियरले यो विषयमा बहस गरेको सुन्नुभएको छ ? मैले त सुनेको छैन ।’
इन्जिनियरिङ क्षेत्र विकासको मोडेल र दृष्टिकोण निर्माणमा असफल हुनुले कहीले केपी ओलीका पानीजहाज, रेल त कहिले शालिक र धरहराले समाजमा समृद्धिको गलत भाष्य स्थापित गर्न खोजेको भन्दै इन्जियर्स एसोसिएशनले मुलुकमा चलिरहेको समृद्धिको डिस्कोर्समा अगुवाइ गर्नुपर्ने धारणा पनि नेता मैनालीले राखेको अध्यक्ष पवन कार्कीले जानकारी दिए ।
रक्तदान कार्यक्रममा विद्यार्थी नेताहरू नरेन्द्र बयाडी, पुल्चोक क्याम्पस सभापति रोशन थापा मगर, भूषण गाहा, अनुप क्षेत्री र अशिष थापासहित इन्जिनियरिङ क्षेत्रका वर्तमान र पूर्वविद्यार्थी नेताहरू संलग्न रहेको र रक्तदान कार्यक्रमा अपरान्ह ४ बजेसम्म चल्ने कार्कीले जानकारी दिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij