वेबटिभी खबर
काठमाडौं । नेपाली राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकबाट राजीनामा दिएका पुबुदु दशानायकेले क्यानडाको राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकमा नियुक्त भएका छन् ।
बुधबार पत्रकार सम्मेलनमा व्यक्तिगत कारण देखाउँदै मुख्य प्रशिक्षक पदबाट राजीनामा घोषणा गरेका उनलाई आज नै क्यानडा क्रिकेटले प्रशिक्षकमा नियुक्ति गर्ने जनाएको हो ।
क्रिकेट क्यानडाले आफ्नो आधिकारिक फेसबुक पेजमा पुबुदु प्रमुख प्रशिक्षक नियुक्त भएको भन्दै बधाई दिएको छ ।
नेपाल क्रिकेट संघ क्यानसँग नेपाल टिममा दोस्रो कार्यकालका लागि गत मंसिरमा दुई वर्षे सम्झौता गरेका उनले आज पत्रकार सम्मेलन गरि उनले पद छाडेको जानकारी दिएका हुन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij