Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

पूर्वअर्थमन्त्री शर्मा सिंहदरबारमा, संसदीय छानबिन समितिले बयान लिँदै

पूर्वअर्थमन्त्री शर्मा सिंहदरबारमा, संसदीय छानबिन समितिले बयान लिँदै

  • 410
    SHARES
  • पूर्वअर्थमन्त्री शर्मा सिंहदरबारमा, संसदीय छानबिन समितिले बयान लिँदै

    काठमाडौं । बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको र सिसिटिभी फुटेजबारे जाँच गर्न गठन भएको संसदीय छानबिन समितिले आज पूर्वअर्थमन्त्री जनार्दन शर्मासँग सोधपुछ गर्दैछ । 

    समितिमा बयान दिनका लागि शर्मा सिंहदरबारस्थित समितिको बैठक कक्षमा पुगेका छन् । 

    शर्माको बयान लिन समितिका ११ जना नै सदस्यहरु नै बैठकमा सहभागी भएका छन् । तत्कालीन अर्थमन्त्री शर्माले निश्चित व्यापारिक घरानालाई लाभ र निश्चितलाई हानि पुर्‍याउने गरी बजेटमा चलखेल गराएको आरोप छ । 

    समितिले यसअघि अर्थमन्त्रालयका उच्च अपदस्थ कर्मचारी र समाचार लेख्ने पत्रकारहरुसँग पनि बयान लिएको थियो ।

    २२ असारमा संसदीय छानविन विशेष समिति गठन भएको थियो । त्यसलगत्तै शर्माले अर्थमन्त्री पदबाट राजीनामा दिएका थिए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij