Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

जनार्दन शर्माको बयान : बजेट निर्माणमा अनधिकृत व्यक्तिले प्रवेश गरेका छैनन्

जनार्दन शर्माको बयान : बजेट निर्माणमा अनधिकृत व्यक्तिले प्रवेश गरेका छैनन्

  • 433
    SHARES
  • जनार्दन शर्माको बयान : बजेट निर्माणमा अनधिकृत व्यक्तिले प्रवेश गरेका छैनन्

    फाइल तस्बिर

    काठमाडौं । निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न नरहेको बयान दिएका छन् ।

    अर्थमन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेशबारे अध्ययन गर्न गठित संसदीय छानविन विशेष समितिलाई जवाफ दिँदै शर्माले उक्त जवाफ दिएका हुन् ।

    संसदमा आर्थिक वर्ष २०७९/०८० को बजेट बजेट पेस गर्नु अघिल्लो दिन जेठ १४ गतेराति अर्थमन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गराएर करको दर हेरफेर गरेको आरोप उनीमाथि छ ।

    छानबिन समितिले अध्ययनको क्रममा आरोप बमोजिम अर्थमन्त्रालयबाट सीसीटिभी फुटेज फेला पार्न भने सकेको छैन ।

    छानबिन समितिले जनार्दन शर्मासँगै पूर्वअर्थसचिव, समाचार प्रकाशन गर्ने अन्नपुर्ण पोस्ट् र कान्तिपुर दैनिकका सम्पादकलाई समेत जवाफ लिने जनाएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij