वेबटिभी खबर
काठमाडौं । काठमाडौंको तारकेश्रर नगरपालिका-३ पाँचमानेस्थित सडकमा ठुलाढुङ्गा गएराति बाटोमा खस्दा सडक पूर्णरूपमा अवरूद्ध भएको छ ।
सडक अवरोध भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।
लमजुङको बेसीँशहर नगरपालिका-१ उदिपुरस्थित सडकमा बिहीबार बिहान पहिरो झर्दा डुम्रे- बेसीँशहर सडक पूर्णरुपमा अवरूद्ध भएको छ ।
अस्थायी प्रहरी पोष्ट उदिपुरबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij