Logo

२०८१, बैशाख ४ गते मंगलवार

२०८१, बैशाख ४ गते मंगलवार

इसीडी शिक्षकको आरोप– प्रधानाध्यापकले तलब खाइदिए

इसीडी शिक्षकको आरोप– प्रधानाध्यापकले तलब खाइदिए

  • 3.0K
    SHARES
  • इसीडी शिक्षकको आरोप– प्रधानाध्यापकले तलब खाइदिए

    काठमाडौं । सिरहाको धनगढीमाई नगरपालिका–९ स्थित चैनपुरमा रहेको श्री आधारभूत विद्यालयका प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक) ले आफ्नो तलब प्रधानाध्यापकले खाइदिएकाे आरोप लगाएका छन् ।

    images

    दुईजना इसीडी शिक्षकले एक वर्षको २६/२६ हजार रूपैयाँ प्रधानाध्यापकले नदिएको आरोप लगाएका हुन् । स्थानीय तहले मासिक दुई हजार रूपैयाँका दरले निकासा गरेको एक वर्षको तलब प्रधानाध्यापकले विद्यालयको बैंक खाताबाट झिकेको इसीडी शिक्षक पुनम यादवले बिहीबार वेबटिभी खबरलाई जानकारी दिइन् ।

    ‘प्रधानाध्यापकसँग तलब माग्दा दिन्छु दिन्छु मात्र भन्नुहुन्छ । तर दिनुहुन्न । विद्यालयको बैंक खातामा पैसा नै छैन । उहाँले झिकिसक्नु भएछ,’ शिक्षक यादवले भनिन् । उनका अनुसार दुईजना इसीडी शिक्षकले पालिकाले दिएको मासिक दुई हजारका दरले एक वर्षको रकम र चारजना शिक्षकले पोशाकभत्ता पाएका छैनन् ।

    बालविकास कक्षामा अध्ययरत विद्यार्थीबाट ५०० रूपैयाँका दरले उठाइएको करिब २० हजार रूपैयाँ, दुईजना इसीडी शिक्षकको ५२ हजार रूपैयाँ तलब र चारजना शिक्षकको पोशाक भत्ताबापतको रकम बैंक खातामा हुनुपर्ने भए पनि ३६ हजार रूपैयाँ मात्र रहेको यादवको भनाइ छ ।

    ‘तलब माग गर्दा प्रअले आफैं लिन जानुस् भन्दै चेक दिनुभयो,’ उनले भनिन्, ‘तर खातामा ३६ हजारभन्दा अरू पैसा नै छैन ।’ वडा अध्यक्षले पनि प्रधानाध्यापकलाई शिक्षकको तलब दिन आग्रह गर्दा ‘भोलि दिन्छु’ भन्दै टार्ने गरेको यादवले बताइन् ।

    विद्यालयका प्रधानाध्यापक अशोक कुमार ठाकुरले विद्यालयको बैंक खातामा पैसा आइनसकेकाले शिक्षकले तलब नपाएको बताए । उनले भने, ‘पालिकाबाट बैंकमा पैसा ‘इन्ट्री’ भइसकेको छ । तर विद्यालयको खातामा आइपुगेको छैन ।

    बैंकसँग यसबारे बुझ्दा प्राविधिक समस्याका कारण पैसा रोकिएको र एक दुईदिनभित्र विद्यालयको खातामा पैसा आउने जानकारी दिएको प्रधानाध्यापक ठाकुरले वेबटिभीलाई बताए । उनले भने, ‘विद्यालयको खातामा पैसा आउनेबित्तिकै शिक्षकलाई दिन्छु । अहिले पैसा नै आएको छैन । मैले कहाँबाट दिने ?’

    प्रअले शिक्षकलाई दिएकाे ब्ल्यांक चेक

    294822440_5559388054073494_5091177215408144471_n.jpg

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology