Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

माइक्रो बस दुर्घटना हुँदा एकको मृत्यु

माइक्रो बस दुर्घटना हुँदा एकको मृत्यु

  • 365
    SHARES
  • माइक्रो बस दुर्घटना हुँदा एकको मृत्यु

    काठमाडौं । कर्णाली राजमार्ग सुर्खेत जुम्ला सडकखण्डअन्तर्गत कालीकोटको सिम्लागाडमा माइक्रो बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।

    मान्मबाट नाग्मतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख २१० नम्बरको हाइस खाडाचक्र-६ सिम्लागाडमा अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार मृत्यु हुनेमा गाडीका सहचालक पचालझरना-५ बाझकोटका २० वर्षीय तुफान बम रहेका छन् ।

    सानो मोडमा तीव्र गतिमा चलाएका कारण माइक्रो दुर्घटना भएको प्रहरीको अनुमान छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij