Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

लिभरपुलको जितमा नुनेजको चार गोल

लिभरपुलको जितमा नुनेजको चार गोल

  • 449
    SHARES
  • लिभरपुलको जितमा नुनेजको चार गोल

    काठमाडौं । डेब्यू खेलाडी डार्विन नुनेजको चार गोल मद्दतमा इंग्लिस क्लब लिभरपुलले जर्मन बुण्डेसलिगा क्लब आरबी लाइपजिकलाई प्री सिजन टुरमा ५-० अन्तरले पराजित गरेको छ । 

    बिहीबार राति म्यानेजर क्लोपको टिमले रेडबुल एरिनामा जित दिलाउन नुनेजले चार गोल गर्दा मोहम्मद सलाहले एक गोल गरे । 

    अग्रता भने सलाहले लिएका थिए । यसपछि बेन्फिकाबाट यसै सिजन लिभरपुल आएका २२ वर्षीय नुनेजले चार गोल गरे । 

    अब, लिभरपुलले अर्को खेलमा आरबी साल्जबर्गको सामना गर्नेछ । यसपछि लिभरपुल र म्यानचेस्टर सिटीबिच कम्युनिटी सिल्डका लागि वेम्बलीमा ३० जुलाईमा प्रतिस्पर्धा हुनेछ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij