वेबटिभी खबर
काठमाडौं । बजेट निमार्णमा अनधिकृत ब्यक्तिलाई प्रवेश गराएको भन्दै गठित संसदीय छानविन समितिको बैठक आज पनि बस्दैछ ।
निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले अनधिकृत ब्यक्तिलाई बजेट निमार्णमा संलग्न गराएर करको दायरा हेरफेर गरेको आरोप लागेपछि संसदीय छानविन समितिले अनुसन्धान सुरु गरेको हो ।
गत बिहीबार अर्थमन्त्री शर्मालाई समितिमा बोलाएर झन्डै ३ घण्टा सोधपुछ गरेको समितिले अर्थमन्त्रालयको सिसिटिभी फुटेज अनुसन्धानका लागि नेपाल प्रहरीलाई पठाएको थियो ।
जेठ १४ को सिसिटिभी फुटेज माग्दा असारको दिएपछि थप शंकास्पद बनेको उक्त घटनाको हार्ड डिस्क नै मगाएर समितिले छानविन गरिरहेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij