Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

पहिरोका कारण लमजुङ र नुवाकोटमा सडक अवरोध

पहिरोका कारण लमजुङ र नुवाकोटमा सडक अवरोध

  • 436
    SHARES
  • पहिरोका कारण लमजुङ र नुवाकोटमा सडक अवरोध

    काठमाडौं । अविरल वर्षापछि आएको पहिरोका कारण लमजुङ र नुवाकोटामा सडक अवरोध भएको छ ।

    लमजुङको बेसीँशहर नगरपालिका-१ उदिपुरस्थित सडकमा शुक्रबार बिहान पहिरो जाँदा डुम्रे-बेसीँशहर सडकखण्ड अवरोध भएको छ ।

    अस्थायी प्रहरी पोष्ट उदिपुरबाट खटिएको  प्रहरीले अवरोध सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

    त्यस्तै नुवाकोटको शिवपुरी गाउँपालिका-६ गुर्जेभन्ज्याङस्थित टोखा-छहरे सडकमा शुक्रबार बिहान पहिरो जाँदा सडक पूर्णरुपमा अवरोध भएको छ ।

    अस्थायी प्रहरी पोष्ट गुर्जेबाट खटिएको प्रहरीले अवरोध सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij