Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

सांसद डा.रावलको प्रश्न– नागरिकतामा ७ वर्षे अवधिको प्रावधान किन हटाइयो ? 

सांसद डा.रावलको प्रश्न– नागरिकतामा ७ वर्षे अवधिको प्रावधान किन हटाइयो ? 

  • 376
    SHARES
  • सांसद डा.रावलको प्रश्न– नागरिकतामा ७ वर्षे अवधिको प्रावधान किन हटाइयो ? 

    काठमाडौं । नेकपा एमालेका सांसद डा.भीम रावलले प्रमुख राजनीतिक दल र संसदीय समितिमा भएको सहमतिविपरीत नागरिकता विधेयक ल्याएको भन्दै आपत्ति जनाएका छन् ।

    प्रतिनिधिसभाको जारी बैठकमा कविता पढ्दै नागरिकता विधेयक ल्याउँदा छल गरिएको पनि जनाउँदै अवधि नै नराखेर विधेयक ल्याएको भन्दै आपत्ति जनाएका हुन् ।

    नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथिको दफावार छलफलमा सहभागी हुँदै छल हो कि छलफल ? भन्ने कविता वाचन गर्दै रावलले नागरिकता विधेयकमा छलफल होइन, छल भएको तर्क गरेका छन् ।

    ‘संविधान निमार्णताका प्रमुख राजनीतिक दलहरू र राज्य व्यवस्था समितिमा भएको छलफलको सहमतिविपरीत विधेयक ल्याइएको छ,’ डा.रावलले बैठकमा भने, ‘विशाल ठूला देशको बीचमा रहेको र भू–राजनीतिक अवस्थाको ख्याल नै नगरी कुनै पनि अवधि नै नराखेर नेपाललाई जनसंख्याको राजनीतिको दृष्चक्रमा पारिँदै छ ।’

    यसअघि सो नागरिकता विधेयकमा ६ वटा संशाेधन प्रस्ताव राखेका रावलले कविता वाचन गर्दै, ‘के रोग लाग्यो मेरो देशलाई उपचार छ कि केही ?’ भनि विधेयक समितिमा लैजान माग गरेका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij