वेबटिभी खबर
काठमाडौं । केही दिनदेखि नेपालमा काेराेना भाइरस संक्रमणकाे ग्राफ उकालाे लागेकाे छ ।
बुधबार ३ हजार ९८१ जनामा परीक्षण गर्दा ३९१ जनामा संक्रमण पुष्टि भएको थियाे ।
बिहीबार ३ हजार ५६९ जनामा काेराेना परीक्षण गर्दा ४३५ जनामा संक्रमण पुष्टि भएको थियाे ।
आज शुक्रबार पनि संक्रमित बढेका छन् । पछिल्लो २४ घण्टामा ४५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ३ हजार ८३८ जनाको परीक्षण गर्दा ४५६ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै यो अवधिमा ८० जना संक्रमणमुक्त हुँदा कोरोनाका कारण कसैको पनि निधन नभएको मन्त्रालयले जनाएको छ ।
हाल नेपालमा २ हजार ८४१ जना सक्रिय संक्रमित रहेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij