Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

गण्डकी प्रदेश सरकारले पैसा नदिँदा लमजुङ जिल्ला अस्पताल समस्यामा

गण्डकी प्रदेश सरकारले पैसा नदिँदा लमजुङ जिल्ला अस्पताल समस्यामा

  • 474
    SHARES
  • गण्डकी प्रदेश सरकारले पैसा नदिँदा लमजुङ जिल्ला अस्पताल समस्यामा

    काठमाडौं । लमजुङको बेसीँशहर नगरपालिकामा रहेको लमजुङ जिल्ला अस्पतालमा बिरामीको खाना खर्च बापतको रकम उपलब्ध नहुँदा समस्या भएको छ ।

    तीन वर्ष अघिदेखि जिल्ला अस्पतालमा सुरु भएको बिरामीलाई निःशुल्क खाना बापत आर्थिक वर्ष ०७८/०७९ को १५ लाख रूपैयाँ नपाएको अस्पताल प्रशासन प्रमुख हेमन्त श्रेष्ठले बताए ।

    गण्डकी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मार्फत पाउनुपर्ने बिरामी खाना खर्च नपाउदा गत साउनदेखि उधारो खाना खुवाउँदै आएको अस्पतालले जनाएको छ ।

    अस्पतालमा भर्ना भएका बिरामीका लागि नियमित रूपमा खाना खुवाउँदै आएपनि चालु आर्थिक वर्ष सुरु भएदेखि हालसम्म कुनै रकम नपाएको अस्पताल प्रशासन प्रमुख हेमन्त श्रेष्ठले बताए ।

    अस्पतालका अनुसार गत साउन महिनादेखि जेष्ठको तेश्रो सातासम्म अस्पतालमा भर्ना भएका ४ हजार ३५१ जना बिरामीहरूका लागि अस्पतालले खाना खुवाएको छ ।

    सो अवधिमा खानाको मात्रै १४ लाख ९० हजार ७६८ रूपैयाँ पुगेको र हालसम्म रकम प्राप्त नहुँदा तिर्न नसकेको अस्पतालले जनाएको छ ।

    प्रदेश सरकारसँग निरन्तर ताकेता गर्दा पनि रकम निकासा नभएको अस्पतालले जनाएको छ । बिरामी खाना खर्च बापतको रकम उपलब्ध गराउन माग गर्दै तीन पटक सम्म पत्राचार गरिएको अस्पताल प्रमुख श्रेष्ठले बताए ।

    जिल्ला अस्पतालमा भर्ना भएका विरामीलाई निःशुल्क खाना खुवाउने कार्यक्रम प्रदेश सरकारको भएको र प्रदेश सरकारले सोहि अनुसार बजेट व्यवस्थापन गरेपनि रकम निकासा नभएको हो ।

    रकम निकासा नहुँदा खाना उपलब्ध गराउदै आएका व्यक्ती निकै समस्यामा परेको अस्पताल प्रशासनले जनाएको छ । एउटै व्यक्ती करिब बर्षदिनसम्म लाखौँ रूपैयाँ उधारो कारोबार गर्दा व्यसायिक समस्या भएको हो ।

    जिल्ला अस्पताल लमजुङमा तत्कालिन सामुदायिक अस्पताल हुदाको अवस्थामा तीन वर्ष अघिबाट भर्ना भएका बिरामीका लागि निःशुल्क खानाको व्यवस्था हुँदै आएको हो । बिरामीको निःशुल्क खानाको लागि सुरुको वर्षमा अस्पताल रहेको स्थानीय तह बेसीँशहर नगरपालिकाले केही रकम उपलब्ध गराएको थियो ।

    जिल्ला अस्पताल प्रदेश मातहतमा गएसँगै दायित्व पनि प्रदेश सरकारले नै लिएको हो । अस्पताल प्रदेश सरकार मातहत आउनु अघिनेपाल सरकार स्वास्थ्य मन्त्रालयको कार्यक्रम अन्तर्गत अस्पतालमा भर्ना भएका बिरामीहरुलाई नियमीत दुई छाक खाना खुवाउन सुरु गरेको हो ।

    अस्पतालले बिरामीको अवश्यकता र चिकित्सकको सल्लाह अनुसार बिहान र बेलुका निःशुल्क खाना उपलब्ध गराउँदै आएको थियो । बिरामीहरुलाई सामन्यतय दाल भात, अण्डा वा जाउलो व्यवस्था गर्दै आएको छ ।

    अस्पताल भित्रै सञ्चालन गरिएको क्यान्टीनबाट सो सेवा उपलब्ध गराउदै आएको छ । अस्पतालले बिरामीलाई खानाको व्यवस्था गरेपछि आफन्तहरूलाई बाहिर होटल खोज्नुपर्ने खाना ओसार्नुपर्ने जस्ता झन्झट हटेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij