Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

बीपीको मार्ग निर्देशनलाई कांग्रेसले आत्मसात् गर्न सकेन : प्रकाशमान सिंह

बीपीको मार्ग निर्देशनलाई कांग्रेसले आत्मसात् गर्न सकेन : प्रकाशमान सिंह

  • 663
    SHARES
  • बीपीको मार्ग निर्देशनलाई कांग्रेसले आत्मसात् गर्न सकेन : प्रकाशमान सिंह

    भक्तपुर । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले बीपी कोइरालाको मार्ग निर्देशनलाई नेपाली कांग्रेसले आत्मसात् गर्न नसकेको बताएका छन् ।

    शुक्रबार मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीमा नेपाली कांग्रेसले ४०औं बीपी स्मृति दिवसका अवसरमा आयोजना गरेकाे माल्यार्पण कार्यक्रममा उनले बीपीले देखाएको बाटोलाई सिङ्गो कांग्रेसले एक भएर आत्मसात् गर्दै अगाडि बढाउन सके कांग्रेसका सबै समस्या समाधान हुने बताए ।

    कांग्रेस देशको एक मात्र लोकतान्त्रिक पार्टी भएको भन्दै उनले कांग्रेस अब आउने निर्वाचनमा एक ढिक्का भएर अगाडि जानुपर्नेमा जोड दिए ।

    उनले लोकन्थलीस्थित बीपीको सालिकमा माल्यार्पण गर्दै उनको योगदानलाई कांग्रेसले कहिल्यै भुल्न नसक्ने चर्चा गरे । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij