Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

मल्लकालीन संस्कृति र चाडपर्व सार्वजनिक

मल्लकालीन संस्कृति र चाडपर्व सार्वजनिक

  • 456
    SHARES
  • मल्लकालीन संस्कृति र चाडपर्व सार्वजनिक

    काठमाडौं । डा.वीरेन्द्रप्रसाद कायस्थद्धारा लिखित मल्लकालीन संस्कृति र चाडपर्व नामक पुस्तकको विमोचन गरिएको छ । शनिबार आयोजित एक कार्यक्रमबीच उक्त पुस्तक सार्वजनिक गरिएको हो ।

    पुस्तक ८६ उपशीर्षकमा विजाति छ । पुस्तकमा ज्योतिष विज्ञान तथा संस्कृति र चाडपर्वका विविध विषयमा समावेस छन् । नेवार संस्कृतिमा मनाउने विभिन्न चाडपर्वहरू जस्तै दशैं, तिहारलगायतका विविध संस्कृति र चाडपर्वबारे विस्तृत रूपमा उल्लेख छन् ।

    पुस्तक दुई सय २४ पृष्ठको छ । पुस्तकको मूल्य ६ सय ५० छ । पुस्तकको सांसद प्रेम सुवाललगायतका विशिष्ट व्यक्तिले संयुक्त रुपमा विमोचन गरेका हुन् ।

    पुस्तकका लेखक कायस्थ प्रबल गोरखा दक्षिणबाहु (२०६२)बाट विभूषित व्यक्तित्व हुन् । लेखकको यो नवौं पुस्तक हो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij