Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

स्वास्थ्यमन्त्री खापुङ अस्पताल भर्ना

स्वास्थ्यमन्त्री खापुङ अस्पताल भर्ना

  • 426
    SHARES
  • स्वास्थ्यमन्त्री खापुङ अस्पताल भर्ना

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङको स्वास्थ्यमा समस्या आएका कारण उनी अस्पताल भर्ना भएका छन् ।

    मधुमेह बढेपछि उपचारका लागि उनलाई बीर अस्पतालमा भर्ना गरिएको मन्त्रीका स्वीकयसचिव मनोज लिम्बूले जानकारी दिए ।

    वीर अस्पतालका निमित्त प्रमुख प्रशासकीय अधिकारी डा.भूपेन्द्र बस्नेतले चक्कर र बान्ता आएपछि उपचारका लागि स्वास्थ्यमन्त्री खापुङ अस्पताल भर्ना भएका हुन् ।

    उनका अनुसार मन्त्री खापुङको अहिले वीरको इमर्जेन्सी वार्डमा उपचार भइरहेको छ ।

    डा. बस्नेतले भने, ‘ उहाँको प्रारम्भिक जाँच गरिएको छ । स्वास्थ्य अवस्था पनि राम्रो छ । जाँचको रिर्पोट आएपछि के रहेछ भन्ने थाहा हुन्छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij