Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

दार्चुलामा उद्योग दर्ता गर्ने क्रम बढ्दै

दार्चुलामा उद्योग दर्ता गर्ने क्रम बढ्दै

  • 333
    SHARES
  • दार्चुलामा उद्योग दर्ता गर्ने क्रम बढ्दै

    दार्चुला । दार्चुला जिल्लामा उद्योग दर्ता गर्ने क्रम बढेको छ । विभिन्न क्षेत्रबाट अनुदान रकम आउन थालेपछि पछिल्लो समय उद्योग दर्ता गर्ने क्रम बढेको हो ।

    जिल्लाभर उद्योगको संख्या २ हजार ३५३ पुगेको छ । आर्थिक वर्ष २०७८/७९ मा मात्रै ४९९ नयाँ उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालयका सूचना अधिकारी गणेश गिरीले जानकारी दिए ।

    आर्थिक वर्ष २०७७/७८ मा जिल्लामा १ हजार ८५४ उद्योग दर्ता भएको थियो । यस्तै आर्थिक वर्ष २०७८/७९ मा जिल्लामा १३९ वाणिज्य पसल दर्ता भएको थियो । गत वर्ष ११२ उद्योग नवीकरण भएका थिए । ७ वटा उद्योगको पुँजी वृद्धि, ३ उद्योग ठाउँसारी, १५ उद्योग नामसारी र ७ उद्योगका उद्देश्य थप गरिएको थियो ।

    वाणिज्यतर्फ २८७ पसल नवीकरण, २५ संशोधन, १३ खारेजी, ३९ प्रतिलिपि, ४ ठाउँसारी र एकको शाखा स्थापना भएको सूचना अधिकारी गिरीले बताए । उक्त कार्यालयले गत आर्थिक वर्षमा १० लाख १३ हजार ७१५ राजस्व संकलन गरेको थियो ।

    कार्यालयको चालूतर्फ कूल २ करोड ५ लाख बजेट रहेकामा १ करोड ४६ लाख ३७ हजार ४१३ खर्च भएको थियो । यस्तै पुँजीगततर्फ कूल ८१ लाख ४३ हजारमध्ये ७१ लाख ३० हजार ४४२ खर्च भएको कार्यालयले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij