Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

एक वर्षमा ६ हजार बढीले लिए राहदानी

एक वर्षमा ६ हजार बढीले लिए राहदानी

  • 309
    SHARES
  • एक वर्षमा ६ हजार बढीले लिए राहदानी

    हेटौंडा । मकवानपुर जिल्ला प्रशासन कार्यालयबाट एक वर्षको अवधिमा साढे ६ हजारभन्दा बढी व्यक्तिले राहदानी लिएका छन् । आर्थिक वर्ष २०७८/७९ मा ६ हजार ५३२ जनाले राहदानी लिएका हुन् ।

    विभागबाट प्रिन्ट भएर आएका ४१५ वटा राहदानी भने वितरण हुन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले जानकारी दिए । कार्यालयले विभागबाट बनाउने गरी ६ हजार ९४७ राहदानीमा साधारण सिफारिस गरेको थियो भने ४ हजार १३८ राहदानीमा द्रुत सिफारिस गरेको थियो ।

    कार्यालयले आर्थिक वर्ष २०७७/७८ मा ३ हजार ५२४ राहदानी वितरण गरेकामा ८५० वितरण हुन बाँकी थिए । उक्त आर्थिक वर्षमा ४ हजार ३७४ राहदानीका लागि सिफारिस गरिएकामा २ हजार ९५१ द्रुत सिफारिसमा परेका थिए ।

  • सम्बन्धित विषय:

  • # राहदानी

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij