Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

रूपन्देहीका अधिकांशले बुझाएनन् निर्वाचन खर्च विवरण

रूपन्देहीका अधिकांशले बुझाएनन् निर्वाचन खर्च विवरण

  • 451
    SHARES
  • रूपन्देहीका अधिकांशले बुझाएनन् निर्वाचन खर्च विवरण

    काठमाडौं । रूपन्देहीमा निर्वाचन सम्पन्न भएको २ महिना बितिसक्दा पनि अधिकांश प्रतिनिधिले खर्च विवरण बुझाएका छैनन् ।

    निर्वाचन परिणाम घोषण भएको ३० दिन भित्र निर्वाचन आयोगले तोकेको ढाँचामा निर्वाचन खर्च विवरण बुझाउनुपर्ने भए पनि १२ प्रतिशत उम्मेदवारले मात्रै खर्च विवरण बुझाएका छन् ।

    निर्वाचन आयोगले स्थानीय तह निर्वाचन २०७९ मा उम्मेदवारले गरेको खर्च विवरण विल भरापईसहित तोकेको निर्वाचन कार्यालयहरुमा बुझाउन निर्देशन दिएको थियो ।

    कार्यालयमा निर्देशन आउँदासमेत उम्मेदवारले वेवास्ता गरेका हुन् । विजयी उम्मेदवारको पनि खर्च विवरण धेरैको नआएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी टेकराज पन्थीले जानकारी दिए ।

    निर्वाचनमा उम्मेदवारले प्रचार प्रसारमा गरेको खर्च विवरण सम्बन्धित जिल्ला वा क्षेत्रीय निर्वाचन कार्यालयमा तोकिएको ढाँचामा निर्वाचन परिणाम सम्पन्न भएको ३० दिनभित्र बुझाउनुपर्ने ऐन नियममा व्यवस्था छ ।

    रूपन्देहीमा जेठ १३ गते मतगणना सम्पन्न भई घोसणा भएको थियो, जस अनुसार असार १२ गते सम्म निर्वाचन खर्च बुझाइसक्नु पर्नेमा रुपन्देहीका ४ हजार ७ सय ४७ उम्मेदवारले असार १५ गते सम्म पनि निर्वाचन खर्च बुझाउनमा चासो दिएनन् ।

    शनिबारसम्म जिल्ला ६ सय ४९ जना उम्मेदवारहरुले खर्च विवरण बुझाएका छन् । जति विवरण आएका छन् सबै सीमाभित्र रहेर बुझाएको निर्वाचन कार्यालय प्रमुख अयोध्या भण्डारीले बताए ।

    निर्वाचनमा धेरै खर्च भए पनि आयोगको सीमामा रहेर नै उम्मेदवारहरुले खर्च विवरण बुझाउने गरेका छन् । रूपन्देहीमा खर्च विवरण बुझाउनेमा पहिलो सिद्धार्थनगर नगरपालिकाबाट प्रमुखमा उम्मेदवारी दिएका राप्रपाका नेता सागर प्रताप राणा रहेका छन् ।

    उनले जेठ २७ गते म्याद अवधिमै खर्च विवरण पेश गरेका छन् । असार १२ गते सम्म विवरण पेश गर्ने अन्तिम दिन रहेकोमा सो अवधि भित्र १८६ जनाले खर्च विवरण पेश गरेका छन् ।

    तिलोत्तमाका निर्वाचित प्रमुख रामकृष्ण खाणले असार ७ गते खर्च विवरण पेश गरेका छन् । उनले ४ लाख १७ हजार निर्वाचनमा खर्च गरिएको विवरण पेश गरेका छन् ।

    कानुनबमोजिम बुझाउनुपर्ने निर्वाचन खर्चको विवरण बुझाए नबुझाएको एकीन गरि निर्वाचन खर्चको विवरण बुझाउने तथा नबुझाउने उम्मेदवारको विवरण छुट्टाछुट्टै तयार गरि आवश्यक कारवाहीका लागि सिफारिससहित आयोगमा पठाइने गरिन्छ ।

    उम्मेदवारले प्रयोग गरेको सवारीसाधन, इन्धन, प्रचारप्रसार, ढुवानी, कार्यकर्ता परिचालन, कार्यालय सञ्चालन, प्रतिनिधि परिचालनलगायतमा गरिएको खर्चको विवरण पेस गर्नुपर्छ ।

    तर अधिकांश उम्मेदवारहरूले अत्यधिक मात्रामा खर्च गर्ने गरेका छन् । निर्वाचन आयोगले निर्वाचनअघि नै स्थानीय तहका उम्मेदवारहरूका लागि खर्चको सीमा तोकेको थियो ।

    नगरपालिका प्रमुख र उपप्रमुखले चार लाख ५० हजारसम्म, वडाध्यक्षले दुई लाखसम्म तथा गाउँपालिका अध्यक्ष र उपाध्यक्षले तीन लाख ५० हजारसम्म खर्च गर्न पाउने प्रावधान रहेको थियो ।

    तीन वर्षसम्म लगातार आयव्यय विवरण नबुझाए ५० हजार रूपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ । यसको अलावा आगामी निर्वाचनमा भाग लिन नपाउने गरि आयोगले कारबाही पनि गर्न सक्छ ।

    तर हालसम्म विवरण नबुझाएकै कारण निर्वाचनमा भाग लिनबाट बञ्चित गरेको उदाहरण छैन । आयोगले समयमा विवरण नबुझाउने दललाई पत्र लेखेर ताकेता गर्ने व्यवस्था छ ।

    आयव्यय विवरण बुझाउनुपर्ने विषयलाई कडाइका साथ निर्वाचनसम्बन्धी एकीकृत कानुनमा समेट्न खोजिएको छ । रूपन्देहीका १६ स्थानीय तहको निर्वाचनमा ५ हजार ११ जना उम्मेदवारी दर्ता गराएका थिए । यस बाहेक १ सय १३ जनाले उम्मेदवारी फिर्ता लिएका थिए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij